३ जना मृत अवस्थामा फेला

काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका-७ बर्देउटार डेरा गरी बस्ने सोही नगरपालिका-२ घर भएका २० वर्षीय कृष्ण बिक आफ्नो कोठाबाट करिब १ किलोमिटर टाढा बाटोमा मंगलवार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी स्याङजाको चापाकोट नगरपालिका-५ फेरे बस्ने ३० वर्षीया शुक्लामाया विक आफ्नै घर देखि करिब ५ सय मिटर टाढा कच्चि बाटोमा बुधवार बिहान मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै नवलपरासी (पश्चिम) को प्रतापपुर गाउँपालिका(९ बेलाटारी बस्ने ३७ वर्षीय धर्मराज मुखिया पनि आफ्नै घरको कोठाभित्र मंगलवार राति मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरीले मृतकको श्रीमतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?