रूकुम घटनालाई तोडमोड गर्ने प्रयास, वडाध्यक्ष पूर्वगृहमन्त्रीको संरक्षण रहेको आरोप

अन्तर्जातीय प्रेमका विषयमा जनप्रतिनिधिकै संलग्नतामा भएको रुकुम पश्चिमको घटनालाई तोडमोड गर्न खोजिएको आरोप पीडित पक्षले लगाएका छन्। चौरजहारी नगरपालिकाको सोतीमा गत शनिबार भएको घटनालाई रुकुमका जनप्रतिनिधिले तोडमोड गर्न खोजेको भन्दै पीडितले न्याय पाउनेमा आशंका व्यक्त गरेका छन्।

वडाध्यक्ष डम्बरबहादुर मल्लकै संलग्नतामा हत्याकाण्ड भएको र उनी पूर्वगृहमन्त्री जनार्दन शर्माको संरक्षणमा रहेकाले न्याय पाउनेमा पीडित परिवारले आशंका गरेका हुन्। सोतीका स्थानीय र केही जनप्रतिनिधिले नै लकडाउन उलंघन गर्दै हुल आएको र उमेर नपुगेकी केटीलाई जर्बजस्ती लिन खोजेकाले गाउँलेले नियन्त्रणमा लिने क्रममा भागदौड हुँदा भेरीमा खसेर ज्यान गएको बयान दिएका छन्। साथै उनीहरूले यो घटनालाई जातीयतासँग जोड्न नहुने भन्दै घटनालाई विषयान्तर गर्ने प्रयास गरिरहेको पीडितको भनाइ छ।

तर कथित उपल्लो जातको भनिने ठकुरीकी छोरी तल्लो जातको भनिने दलितले लिन खोजेको भन्दै पूरै गाउँ नै उर्लिएर आक्रमण गर्दा तीन जनाको मृत्यु भएको हो। तीनजना अझै बेपत्ता छन्। मंगलबार संघीय संसद्मा रुकुमपश्चिमबाट निर्वाचित जनार्दन शर्माले पनि यो घटनाबारे सोही आशयको धारणा राखेपछि घटनामा संंलग्नलाई राजनीतिक संरक्षण गर्न खोजिएको पीडित परिवारको आशंकामा थप बल पुगेको हो। रुकुम प्रहरीले नै अनुसन्धान गर्ने र मुघा पनि जिल्ला अदालत रुकुममा नै दर्ता हुने भएपछि आशंका बढेको हो। अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?