बाराका ७० वर्षीय एक वृद्धमा दाहसंस्कार गरेको ८ दिनपछि मात्रै सोमबार कोरोना संक्रमण पुष्टि भयो । वीरगन्जको नेशनल मेडिकल कलेजको आईसीयूमा उपचारको क्रममा उनको जेठ ४ मा मृत्यु भएको थियो । उनको त्यही दिन नै दाहसंस्कार गरिएको थियो ।
यसैगरी बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवाको पनि मृत्यु भइसकेपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
मृत्युछि कोरोना पुष्टि हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे–९ की २९ वर्षीया सुत्केरी पनि हुन् । उनको मृत्यु भएको तेस्रो दिनमामात्रै कोरोना पुष्टि भएको थियो, यो खबर कान्तिपुर दैनिकमा छ । गुल्मीका एक शिक्षकको पनि कोरोना पुष्टि भएपछि मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया