वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि

काठमाडौं । वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएको ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

‘उहाँको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उहाँमा कोरोना संक्रमण भएको आशंकामा शव संकलन भएकोमा आज पोजेटिभ रिपोर्ट प्राप्त भएको छ’ उनले लोकपथसँग भने, ‘उहाँ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी भएको खुल्न आएको छ ।’

कोरोनाको रिपोर्ट आउन किन ८ दिन लाग्यो भन्नेबारे राखिएको जिज्ञासामा उनले नारायणी र काठमाडौंमा दुई तिर परीक्षण गर्दा ढिलाइ हुन पुगेको बताए । ‘यता नारायणीमा निकै चापले दुई तीन दिन लाग्यो । त्यहाँ शंकास्पद नतिजा देखिएपछि काठमाडौंमा पुनःपरीक्षण गराउँदा रिपोर्ट ढिलागरी प्राप्त भयो’,

यससँगै नेपालमा कोरोना संक्रमणको कारण मर्नेको संख्या ४ पुगेको छ । यसअघि कोरोनाको कारण सिन्धुपाल्चोक, बाँके र गुल्मीमा गरी ३ जनाको मृत्यु भइसकेको छ ।

यसबारेमा भने मन्त्रालयले केही जानकारी दिएको छैन । उनको अन्त्यष्टी समेत गरिएको छ ।

यो पनि पढ्नुहोस् : 

बढेको बढ्यै संक्रमित : काठमाडौंमा फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ६७५ पुगे
नेपालमा एकैपटक थपिए ७२ कोरोना संक्रमित, कुल संख्या ६७५ पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?