नुवाकोटका कोरोना संक्रमित बोक्न एम्बुलेन्स पाइएन

काठमाडौं । नुवाकोटमा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा ककनी गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण देखिएको ककनीका गाउँपालिका अध्यक्ष मान बहादुर तामाङले बताए ।

उनमा कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको तर काठमाडौं ल्याउनको लागि एम्बुलेन्स समेत अभाव देखिएको तामाङले बताए ।

कोरोना संक्रमण हुनेमा नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का एक जना पुरूष हुन् ।

कोरोना पुष्टि भएका पुरूषले काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागी भएका थिए ।

काठमाडौं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।

ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण नदेखिएको बुझिएको छ ।

उनका अनुसार कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेका थिए ।

त्यहाँको स्थानीय प्रशासनले कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा यसको पुष्टि गरेको छैन् ।

यो पनि

नुवाकोटमा पनि देखियो कोरोना संक्रमण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?