कोरोनाका कारण साउदीमा ७ जना नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा कोरोनाका कारण ७ जना नेपालीको मृत्यु भएको छ । बिहीबारसम्म एक हजार तिन सय ६४ नेपाली संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको रियाद दुतावासले जनाएको छ । संक्रमित हुने महिलाको संख्या १७ पुगेको छ ।

संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा दुईसय ९९ जना, पूर्व क्षेत्रमा ६ सय ९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ गरी दुतावासले हेर्ने क्षेत्रमा एक हजार १६ जना र जेद्दा क्षेत्र (जेद्दा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जना) मा ३४८ जना संक्रमित भएका दुतावास रियादले जनाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमण र साउदी सरकारले लगाएको कर्फ्यु र अन्य नियमलाई मध्यनजर गदै नेपाली दुतावासले साउदीमा रहेका बिभिन्न क्रियाशील संघ संस्थाको सहकार्यमा खाधान्य र सामान्य मेडिसिन उपलब्ध गराउँदै आएको छ, भने स्वास्थ्य परामर्शको लागि २ नेपाली डाक्टरको व्यवस्था गरेको छ ।

अहिले सम्म साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट पैसठ्ठी हजार ७७ जना संक्रमित भएका छन् भने तिनसय ५१ जनाले कोरोनाका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?