काठमाडौं । अमेरिकाले जतिबेला सामाजिक दूरीको नियम लागु ग-यो, त्यसभन्दा एक हप्ताअघि लागू गर्न सकेको भए झन्डै ३६ हजार मानिसको ज्यान बच्न सक्नेथियो, कोलम्बिया विश्वविद्यालयको नयाँ अध्ययनले भनेको छ ।
अमेरिकीहरु घरभित्र थुनिएर बस्न थाल्नुभन्दा दुई हप्ताअघि नै अर्थात् १ मार्चमै शहरलाई लकडाउन गर्ने र सामाजिक सम्पर्क कम गर्ने प्रयास गरिएको भए अहिले मृत्यु भएका झन्डै ८३ प्रतिशतको ज्यान जोगाउन सकिन्थ्यों, अनुसन्धानकर्ताको अनुमान छ ।
‘यस्तो अवस्थामा मेइको सुरुवातसम्म ५४ हजार कम व्यक्तिको ज्यान जाने थियो,’ अनुसन्धानकर्ताले भनेका छन् ।
कोरोना नियन्त्रणका लागि ठोस कदम चाल्न ढिलाई गर्दाको मुल्य ठूलो पर्न आएको अध्ययनले देखाएको छ ।
‘यो निकै ठूलो भिन्नता रह्यो,’ अनुसन्धान टोलीका नेता तथा कोलम्बिया विश्वविद्यालयका इपिडिमियोलोजिस्ट जेफर सामानले भने, ‘ फैलिदैं गर्दाको अवस्थामा यसलाई नियन्त्रणमा लिन सकिएको भए मृतकको संख्या घटाउन यो निकै महत्वपूर्ण हुने थियो ।’
धेरैले अमेरिकी राष्ट्रपतिको गैरजिम्मेवारीका कारण यस्तो अवस्था निम्तिएको आरोप पनि लगाउने गरेका छन् । मार्चको दोस्रो सातासम्म पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भनिरहेका थिए, ‘केही पनि सट डाउन हुनेछैन । जीवन र अर्थतन्त्र चलिरहनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया