प्रदेश सांसदसहित ११ जनाको आरडीटी रिपोर्ट पोजेटिभ

काठमाडौं । प्रदेश नंं ५ का सांसद, सुरक्षाकर्मी, सचिवालयका कर्मचारी तथा पत्रकारहरुको आज आरडिटी परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

कूल ३ सय ९८ जनामा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई पिसिआर परीक्षण गरिएको प्रदेश सभाका प्रवक्ता श्याम प्रसाद श्रेष्ठले बताए । जसमा दुई जना प्रदेश सांसद, दुई जना चालक र केही कर्मचारीको समेत रिपोर्ट पोजेटिभ आएको छ ।

यसैबीच यहाँका ४० जना पत्रकारको परीक्षण भने सबै नेगेटिभ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?