काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै ओपीडी विशेषज्ञ सेवा सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोन विशेषज्ञ सेवा सुरु गरिएको हो ।
अस्पतालमा आउन नपर्ने र नसक्ने बिरामीका लागि यो सेवाको सुरुवात गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । ‘अस्पतालले ओपीडी सेवामा हुने भीडभाड कम गर्न टेलिफोनमार्फत विशेषज्ञ सेवा सुरु गरेको हो,’ उनले भने, ‘अस्पतालमा पनि ओपीडी सञ्चालन गरिरहेका छौं, तर सामान्य बिरामीहरु अस्पताल आउन नपरोस् भनेर यो सुविधा सुरु गरिएको हो ।’ नेपालका अन्य कुनै अस्पतालले यस्तो सेवा सुरु नगरेको उनको दाबी छ ।
अस्पतालमा इमरजेन्सी, ओपीडी र शल्यक्रिया सेवा उपलब्ध छ । प्रतिष्ठानका कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागिसमेत यो सेवा प्रभावकारी हुने उनको भनाइ छ । हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. पुजनकुमार रोकायाले बिहान ८ बजेदेखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिने जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया