काठमाडौं । नुवाकोटको तारुकामा एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर-३ स्थित तारुकाकी एक महिलामा आरडीटी विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
उनलाई केही दिनयता ज्वरो आउने, स्वास्व फेर्न गाह्रो हुनेलगायतका समस्या देखा परेपछि त्रिशूली अस्पतालमा लगेर आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष रमेश वस्तीले जानकारी दिए ।
महिलाको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि उनलाई पीसीआर विधिबाट थप परीक्षणका लागि आजै काठमाडौंको टेकु अस्पताल पठाइएको वस्तीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया