सुर्खेत । कर्णाली प्रदेश सरकारले भारतको विभिन्न स्थानमा विभिन्न सिलसिलामा रहेका १६ सय बढिलाई घर ल्याउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बुधबार रातिसम्म एक हजार दुई सय सात जना सुर्खेत आइपुग्ने र बाँकि बिहिवारसम्म आइपुग्ने बताए ।
भारतमा कोरोना भाइरसको संक्रमणको दर र त्रास बढेसंगै प्रदेश सरकारले भारतमा रहेका प्रदेशका नागरिक ल्याउन थालेको हो ।
मन्त्री भण्डारीका अनुसार सुर्खेतका २ सय ३० जना, सल्यानका २ सय ६७ जना, कालिकोटका ४४ जना, दैलेखका ५ सय र जाजरकोटका ७७ जनालाई नेपालगञ्जबाट ल्याइएको हो । प्रदेश भित्रिने सीमा नाकामा उनिहरूको आरडिटी जाँचपश्चात मात्रै जिल्ला पठाइने छ । उनले बिहिवारसम्म १ हजार ६ सय २८ जना आइपुग्ने बताए ।
“सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा भारतबाट ल्याइएका सबैलाई सिमानामा आरडिटी जाँच गरेर जिल्ला पठाउन लागेका हौं ।” उनले भने, “उनिहरूलाइ सम्बन्धित जिल्लामा अनिवार्य क्वारेन्टाइनमा बस्नेगरी पठाउछौं ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया