काठमाडौं । चितवनमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् । चितवन रत्ननगर नगरपालिका-१५ माधवपुर बस्ने ५४ वर्षीय पूर्ण प्रसाद ढकाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
घरायसी बिवादको कारण उनले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाए पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया