काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेको विषयमा प्रधानमन्त्री ओलीले दिएको जवाफ गैरजिम्मेवार र अशंवेदनशील भएको टिप्पणी गरेका छन् ।
मंगलबार साँझ आफ्नो फेसवुक वालमा भट्टराइले विदेशमा लाखौं नेपाली श्रमिक र आम नागरिकहरू अलपत्र परेको र कोरोनाका सबै शर्त मानेर देश फर्कन चाहेका खबर आइरहेपनि देशको तालाचाबी लिएर बसेका प्रधानमन्त्री ओलीले संसदमा शुरूमा २ घण्टा बोल्दा उनीहरूवारे एक शब्द पनि उच्चारण नगरेको भन्दै गुनासो गरेका छन् ।
त्यस्तै उनले पछि सांसदहरूले सोधेको पूरक प्रश्नको जवाफ दिंदै “ ४०/५० लाख मान्छे भित्राउन कति जहाज लाग्ला ? कति महिना लाग्ला ? कुन जनशक्तिले क्वारेन्टाइन बनाउने? कोरोना मात्रै फैलाउने? देशै सोत्तर पार्ने?”भन्ने गैरजिम्मेवार र असंवेदनशील ढंगले जवाफ दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया