काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गरेका छन् । मध्यान्ह १२ बजे बसेको संसदको बैठकमा प्रधनमन्त्रीले सम्बोधन गर्दै नयाँ नक्सा जारी गर्ने सम्बन्धमा, कोरोना भाइरसको सम्बन्धमा संसदमा उठेका प्रश्न, सुन काण्ड र सरकारले जारी गरेका नीति तथा कार्यक्रमबारे बोलेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस ‘कोभिड – १९’ को असहज अवस्थामा रहेको भन्दै २ जनाको मृत्यु भएकोमा दुख व्यक्त गरे ।
“कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको निरन्तरको प्रयासका बाबजुत विभिन्न कारणले असफल भएको छ । उनले थपे – उच्च सतर्कता अपनाउने, भरपर्दो ढंगले व्यवस्थापन गर्ने, क्वारेन्टाईन प्रभावकारी बनाउने, आईसोलेसन व्यवस्थित ढंगले राख्ने लगायतका काम भएको छ ।”
५७ हजार ९ सय ४ क्वारेन्टाईनमा राख्न सकिने स्थिती बनेको छ । आईसोलेसनमा मानिसको संख्या बढेको भन्दै उनले भने “विश्वमा ‘कोभिड – १९’ को सुरुवात हुँदा विश्व नै तयार नभएको भन्दै उनले हामी नेपाली मात्रै होईन विश्व पनि त्यो सँग लड्न सक्ने तयारीमा थिएन । त्यसैले यो महामारी नेपालमा भित्रिएको छ । अब पर्याप्त आईसोलेसन, क्वारेन्टाईनको व्यवस्था गरीने उनको भनाई छ ।
उनले थपे, “२३ जनवरीमा १ जनामा देखा पर्यो र निको भयो । उनले थपे अहिले संक्रमित भएका ३ सय ७७ जनामा बाहिरबाट आउने देखीयो । र तिनले समुदायमा सारेको अवस्था छन् । भारतबाट संक्रमित भएर आउने संक्रमित धेरै छन् । त्यसप्रति सजगता अपनाउनुपर्नेछ । अरु देशबाट आएका भन्दा हामीकहाँ भारतबाट आएका भाइरस कडा छ ।”
अहिले क्वारेन्टाईन, आईसोलेसन बढाइएको छ । १ लाख २ हजार ८३ जनाको परीक्षण ३२ हजारको पिसीआर ६९ हजार ५ सय ६० जाँच गरीएको छ । संक्रमणको स्थिती ३४ जिल्लामा फैलियो । बाहिरबाट आएकाबाट परेको प्रभाव समुदायमा परेको छ । अझपनि आउन सक्ने संभावनाको स्थिती मध्येनजर गरेर वडावडासम्म क्वारेन्टाईन बढाउने विषयमा सरकार लागिरहेको छ ।
कोरोनाले विश्व व्रमाण्ड हल्लाएको भन्दै प्रधानमन्त्रीले दोहोर्याएर भने यो भाइरसले मानव जातिको अस्तित्वमा हल्लाएको छ । बाहिरबाट आउने संक्रमण रोक्न सकिएन । ३७७ जना संक्रमित भए । कहाँबाट सर्यो ? को बाट सर्यो ? ट्रेसिङ गर्न सकिएको छैन । तर यसको नियन्त्रण गर्न अवश्य सकिन्छ । यो प्रयासमा सिंगो राष्ट्रको योगदानबाट मात्रै सफलता मिल्छ । उनले सुरुवाती दिनको प्रसंग जोडे – नेपालमा संक्रमण देखापरेदेखि चीनबाट विद्यार्थी ल्याउँदादेखि क्वारेन्टाईनको महत्व बुझेपछि लकडाउनको बाटो लियौँ ।
उनले प्रतिपक्षी दल र तिनको टिप्पणीका विषयमा भने – केहि राजनीति गर्न खोज्ने , अस्थिरता पैदा गर्न, सरकारको असफलता देखाउन रुची राख्नेहरुका कारण अप्ठेरो पर्यो । तर हामीले जनताबाट व्यापक समर्थन पायौँ । फेरीपनि अहिले हाम्रो नीति कार्यक्रम जनताको सर्वोपरी विकासको लागि छ । कोरोना नियन्त्रण र निर्मूलन गर्ने कोरोना मुक्त बनाउने हाम्रो पहिलो प्राथमिकता रहेको छ ।
कोरोना मुक्त बनाउने प्राथमिकता छ । निरोगी व्यक्ति बनाउने ध्येय सरकारले लिएको छ। किनकी यो भाइरस निरोगी व्यक्तिमा प्रवेश गर्दै गर्दैन । गरिहाल्यो भने अरुमा सर्दैन । सर्न गार्हो हुन्छ । बाँच्नको लागि प्रतिरोधी क्षमता बढाउने हिसाबले हामीले सोचीराखेका छौँ । कोरोनाले महँगोमा बहुमूल्य शिक्षा दियो । कोरोना एउटा तितो यथार्थ हो । सामना गर्नैपर्छ । मानव जातिले कोरोनालाई पराजित गर्नेछ । उनले थपे – “कोरोनामुक्त नेपाल निर्माण गर्नेछौँ ।”
“हामी कोरोनाको प्रवृति र मानविय प्रवृति विश्लेषण गरेर आफ्ना आनीबानी र तरीकाहरु बदल्न सक्दछौँ । कोरोनाको कारण उत्पादन घटेको, भन्सार शुन्य लगायत गम्भिर प्रकृतिको समस्या निम्त्याएको छ । कोरोनासँग लड्दै सामाजिक जनजीवनलाई र आर्थिक कृयाकलाप कसरी सञ्चालन गर्ने यो विषयमा गम्भिर हुनेबेला आएको छ । रिणात्मक उत्पादन वृद्धी छ ।”
यस स्थितीले अर्थतन्त्रमा पारेको प्रभावले सधै दातृ निकायले पनि दिईरहँदैन । उनले भने – “केहि न्यूनतम कुरा भोलिका दिनमा कसरी उपलब्ध गराउने ? बाँच्नका लागि खानपर्ने अत्यावश्यक खानुपर्ने कुराहरु कसरी ल्याउने लगायतका कुराहरु बारे अब सोच्नुपर्छ । त्यसैअनुसार नीति कार्यक्रममा थुप्रै कुरा उल्लेख भएका छन् ।”
राहत प्याकेजका कुरा नीति तथा कार्यक्रममा नसमेटिएको भन्नेहरुको जवाफमा प्रधानमन्त्रीले राहतको प्याकेजका कुरा आएको भन्दै प्याकेज देखाउने कुरा होईन । जता जाँदै छौँ त्यसैअनुसार हाम्रा नीति र व्यवहारहरु निर्देशित हुनुपर्छ । जनतासँग छलछामको व्यवहार गर्न सक्दैनौँ । हुँदैन । दिगो, राज्यले धान्न सक्ने प्याकेज ल्याउँछौँ । बेरोजगारीलाई सम्भव हुनेसम्म रोजगारीका अवसर दिने र सोचेर जान खोजेका छौँ । सहाराविहिनको लागि सरकार छ । तर श्रम गर्नसक्नेको लागि रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । घाईतेहरुको उपचारको लागि सरकार छ । त्याग र बलिदानी गर्नेहरुका लागि सहयोग गर्न र सहारा दिन सरकार तयार छ । कोरोनासँग लड्दै अरु कामहरु पनि अगाडी बढाउनेछौँ । सामाजिक उत्तरदायित्व र विकास निर्माणका काममा सरकारले यथार्थ परिस्थिती अनुसार नै गरिरहेका छन् भने ।
लोकतन्त्रको चरित्र बुझिएन भनेको भन्दै उनले भने – ‘चल्ते चलातेवाला’ लोकतन्त्र नभनेको भन्दै जनताको जीवन समग्र रुपमा सम्पूर्ण पक्षसँग सम्बिन्धित रहेको विषयदेखि समग्र विषयमा सकारात्मक प्रभाव ल्याउने जनताको लोकतन्त्र खोजेका हौँ । उनले थपे – सरकारले सडक बालबालिकामुक्त गरेको छ । जिम्मेवारीको जगबाट काम थालेका छौँ । पूर्ण लोकतन्त्र हामीले त्यसैले भनेका हौँ । मानिसका सम्पूर्ण चेष्ठाको निष्कर्ष खुसी र सुखी चाहन्छन् । अधिकार र अवसरसम्म पुग्न सकून् भन्नको निम्ति सरकार लागेको उनको भनाई छ । सामाजिक न्याय र समानता हुनुपर्छ । उनले थपे जीवनको सुरक्षा पहिलो सर्त भएको भन्दै उनले जीउ धन अधिकार र अवसर खोस्छ भन्ने भय र त्रास मुक्त भएको सामाजिक प्रबन्ध हुनुपर्छ । सम्मानित जीवन पाउनुपर्छ भनेर सरकारले खोजेको उनको भनाई छ ।
नक्साको विषयमा तथाकथित राष्ट्रवाद भन्ने विशेषण दिएको भन्दै उनले ‘दुई ठूला बलिया देशको बिचमा भएको रहेको देशले लम्पसारवादको बाटो समाउनु हुँदैन । राणाशासनको समाप्तिपछि देखि एकापट्टीको छिमेकीको सेना स्वाभिमान झुकने, स्वाधिनताको परिकल्पना गर्न नसक्ने स्थिती हुनुहुँदैन । कुनै देशको भूगोल ठूलो वा सानो हुनसक्छ । जनसंख्या सानो वा ठूलो हुन सक्दछ । तर राष्ट्रियता सानो वा ठूलो हुन सक्दैन’ भने ।
उनले भने , “नेपाली जनताले बनाएको सरकार, कुनै आशिर्वादबाट बन्ने बनाईने, ढल्ने ढाल्ने कल्पना नगरे हुन्छ । यो नेपाली जनताको प्रकटीकरण हो । स्थायी सरकार जनादेशबाट आएको सरकार जनादेशको कदर गर्छ । शक्तिका समिकरण दौडादौड देखिसकेको कारण यो सरकार चुनेको कारण एउटै जुत्ता सबैको खुट्टामा मिल्दैन । कुनै तानाशाहको उदय हुँदैन । अधिनायकवादको सम्भावना छैन । नेपाल प्रजातन्त्रबाट पछि हट्दैन । सुशासन कायम गराउन लागिपरेका छौँ । भ्रष्टाचारको कुरा निकालेर मजाकबाट हाँस्ने काम भएको छ तर पहिला छानबिन नै नहुने परिस्थितीमा छानबिन र भ्रष्टाचारमा छानबिन र कार्बाही गर्ने भइरहेको छ । सुन काण्डको कुरा गर्दै छानबिन भइरहेको भन्दै उनले कारबाहि भोगिरहेको प्रसंगलाई प्रतिपक्षीले कार्बाही खोई भनेको देख्दा अचम्म लागेको बताए र भने आलोचनाका लागि आलोचना नगरौँ ।
नेपालको नयाँ नक्सा हिजो प्रकाशित गरेका छौँ । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित हाम्रो भू – भाग हो । १८ सालसम्म जनगणना र तिरो उठाउनको काम भइहरेको र त्यसपछि तिरो उठाउने र रोक्ने काम भयो । १९६२ मा भारतीय सेनामा भारतिय सेना बसेपछि नेपाललाई ब्लक गरेको र त्यो विषय त्यस बेलाका शासकले सहे । प्रधानमन्त्रीको हैसीयतमा म भन्छु यसको निष्कर्ष निकाल्छौँ । हाम्रो भू – भाग हामी फिर्ता लिन्छौँ । बेकारको अकुपाई गरेर भारतले विवादास्पद भनेको भन्दै कुटनीतिक वार्ताको माध्यमबाट कुटनीतिक पहल गरी भू-भाग फिर्ता ल्याइनेछ । नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छौँ । लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउँछौँ। तथाकथित राष्ट्रवाद देखाउनु यसो गरिएको होईन । त्यो हाम्रो भूमि हो। यो देखाउनको लागि मात्रै गरिएको होईन हाम्रो भू भाग हो हामी फिर्ता ल्याउँछौँ । आजभोलीमा प्रकाशित हुन्छ । र, आशा छ त्यसैले त्यो पारित हुन्छ । दुविधारहित ढंगले जान्छौँ । म ठान्छु संविधानको अनुसूची ३ त्यो संसदले पारीत गरेका दिन देशमा दिपावली हुनेछ ।
एउटा प्रश्न २११ बुँदामा असहमती राख्दै जस्केलाबाट एमसीसी छिराउन खोजिएको भन्ने आलोचना र प्रश्न आएको उनले भने “यो ट्रान्समिसन लाईन आवश्यक छ । जलस्रोतको धनी देश र उत्पादीत बिजुली र अगाडीको ढोकाबाट र मूलबाटोबाट यो ट्रान्समिसन लाईन आवश्यक छ । निकट भविष्यमा आउने प्रोजेक्टको लागि पनि यो चाहिन्छ । अभाव नहोस् भनेर यो काम यहि सरकारले गर्छ । दोस्रो कुरा एमसीसी भनेको मेरो विचारमा अघिल्लो सरकारले वार्ता गरेर सम्झौता गरेरराखेको कुरा हो ।अघिल्लो सरकारले सम्झौता गरेको हो । अघिल्लो सरकारले गरेको काम मैले गरेको होईन भनेर अलपत्र छोड्न मिल्दैन । यदि त्यसो भयो भने नीति निर्णयको विश्वसनियता माथि गम्भिर प्रश्न उठ्छ । सम्झौता गर्ने बेला हरेक देशको हरेक सरकारले सावधान हुनुपर्छ । छलफलका सोचका भिन्नता हुनुपर्छ । सम्झौता गर्नुअघि गर्नुपथ्र्यो अहिले पनि सकिन्छ । तर विश्वसनियता हुनुपर्छ । संसदले निर्णय गर्नुपर्छ । यो ट्रान्समिसन लाईन सरकारले बनाउँछ । अन्तर्राष्ट्रिय बजार खोज्ने अनि ट्रकमा त बिजुली जाँदैन । त्यसकार पटुका कसेर पेट काटेर भएपछि यो सरकारले यो बनाउँछ । पहिलेका कामहरुको बखान गरेको भन्ने प्रशजको जवाफ दिँदै उनले कोरोनाले ल्याएको व्यवधानबाट जुधेपछि सबै काम अघि बढाइनेछ ।”
स्थायी सरकार भएकोले ५ -५ वर्षका १० वर्षका योजना ल्याएको किन सुरु गर्ने त्यो त अर्को सरकारले लयाउँछ भन्ने बुद्धिवाला नभएको भन्दै गन्तव्य निर्धारण गरेर हिँड्ने ‘भिजन’ लिएको छ । लामो समयपछिको कुरा गरेको भन्नेलाई उनले भने नेपाल विकासित राष्ट्र हुनेछ । चौतर्फि विकास गर्नेछौँ । काममा प्रतिष्पर्धा गरौँ । अलोकप्रिय बनाउने काम नगरौँ । ‘बेटर पर्फमेन्स’ गरेको छ । खुल्ला सीमाना को चुनौतिको कारण समस्या थपिएको हो ।
अरु तपसिलका कुरा म पछि भन्नेछु । उनले सांसदहरुले नक्सा जारी गर्ने सन्दर्भमा राखेको विमत्ति र प्रश्नको जवाफ दिँदै भने-
देशभन्दा देशको स्वाभिमानभन्दा ठूलो केही हुँदैन । चाहे विदेशीले भ्रन्लान् अरुको उक्साहटमा लागेर नेपालले बोल्यो भन्नेजस्ता कुरा । नेपाल राष्ट्र गुलामीलाई अस्विकार गरेको र दासता अस्विकार गरेको स्वाभिमानी राष्ट्र हो कसैको उक्साहटमा चल्दैन ।
कसैको दबाबमा भन्ने प्रश्न कसरी सोध्न सक्नुभयो भन्दै उल्टै प्रतिप्रश्न गर्दै ओलीले संसदको प्रतिनिधित्व सरकारले गर्ने दाबी गरे । संसद कसैको दबाबमा झुक्न काम गर्न चाहन्छ र यस संसदबाट छानिएको जनताको प्रतिनिधित्वको सर्वोच्च थलोबाट निर्वाचित अत्याधिक ठूलो विश्वासबाट जितेको सरकारले कसैको दबाबमा काम गर्दैन ।
सांसदहरुको संयोजनकारी भूमिका हुन्छ भन्दै उनले भने यो कोरोनाबाट जोगिने बाटो के हो जवाफ लिन चाहने बताए । यो महामारीबाट बच्न कुनै कसर नराखि सरकारका प्रयासमा तपाईहरुको सहयोगका लागि धन्यवाद् । उनले भने – ४ महिनाअघि विल्कुलै तयारी नभएको अवस्थामा आएको अप्रत्याशित उपस्थिती कोरोनाले आक्रमण गर्यो । हाम्रा तयारी पर्याप्त छन् भन्ने होईन । यसले आर्थिक सामाजिक दैनिकी अवस्थामा समेत मानिसलाई प्रभावित पार्न सक्छ । पहिलो टेष्ट हङकङ पठाएर टेष्ट गरेका थियौँ । हवाईउडान बन्द, उपकरणको जोहो, उत्पादक र निर्यातक चीनले दिन सकेन स्वभाविक रुपमा नेपालमा वितरणको अवस्था असामान्य भएको हो । चीनमा पनि यो देखापरेपछि उत्पादन भएको हो । कतिपय सञ्चारमाध्यममा ओम्नी भन्ने संस्थाको नाम लिएर बालुवाटारसँग जोडिएको कुरामा खेद व्यक्त गर्दै उनले थपे, “यदी स्वास्थ्य सामाग्री खरिद प्रकरणबारे कुनै प्रमण भेटिए छानबिन हुन्छ । कारबाही हुन्छ । पीपीई नपाएर स्वाब टेष्ट गर्ने पिसीआर नपाएर, बढ्दो प्रतिपर्धी बजारमा पैदा भएको स्थीती मा हामीले छिटो माध्यमबाट कसरी ल्याउने भन्ने व्यवस्था गर्नुपथ्र्यो । पछि भनेजति सामान आएन भनेर रद्ध भएको छ । त्यससम्बन्धि छानबिन हुन्छ । दोषी देखिएपछि कारबाही हुन्छ ।”
उनले नक्सा जारी गर्ने सवाल र मिचिएको भूमि फिर्ता लयाउने सवालमा एक हुन जरुरी रहेको र एकताबद्ध हुन सबैलाई आह्वान गर्दै र पहिला मानव बचाऔँ मानवको सुरक्षापछि मात्रै आर्थिक कुराहरु अघि बढाउनुपर्ने भन्दै आह्वान गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया