तादी खोलामा डुबेर एकको मृत्यु

काठमाडौं । नुवाकोटमा एक जनाको तादी खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । नुवाकोट बिदुर नगरपालिका-५ पिपल्टार क्षेत्रमा मजदुरी काम गरी बस्ने गोरखा बेनिघाट गाउँपालिका-५ तोरी स्वारा घर भएका राम बहादुर मगरको छोरा १० वर्षीय पदम मगरको नुवाकोट बेलकोटगढी नगरपालिका-९ स्थित तादी खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको हो ।

बाबुसँगै माछा मार्न गएका उनलाई खोलाले बगाई बेपत्ता भएकाले जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तादीपुलबाट खटिएको प्रहरीले स्थानियवासीको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ५ किमी टाढा उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिहरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?