रोल्पा अस्पतालको आइसोलेसनमा मरेका युवकको रिपोर्ट आयो

काठमाडौं । सोमवार दिउँसो रोल्पाका एक युवकको अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पा नगरपालिका १ सानो लिबाङका २२ वर्षीय युवक हुन् ।

उनको मृत्यु भएसँगै उनमा कारोना संक्रमणको आशंका गरिएको थियो । उनी विगत २ वर्षदेखि मृगौला रोगबाट प्रभावित रहेका थिए । उनको काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइएको थियो ।

अस्पतालबाट फर्काएका उनलाई आइतवार राति स्वास्थ्यमा समस्या देखिएपछि रोल्पा अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु कोरोनाको कारण भएको आशंका गरिएको थियो ।

त्यससँगै उनको आरडिटी परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो । त्यसपछि स्वाब संकलन गरि पिसीआर परीक्षणको लागि पठाइएको थियो । सोमवार साँझ उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?