मन्त्रालयले भन्यो- नेपालमा ४०५ जना उच्च जोखिममा, कुन प्रदेशमा कति पुगे संक्रमित ?

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आईसोलेसनमा कुल ४१२ जना रहेको जनाएको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले संभावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जनाएको छ ।

तिमध्ये काठमाडौंमा २६ जना र काठमाडौंबाहिर ३ सय ८६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म ४०५ जना रेड जोनमा परेका छन् । यसको अर्थ संभावित संक्रमित हो । उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले मोबाईल एप्लिकेसन र वेवसाईटमा आफ्नो स्मूल्याकंन फाराम भरेकाहरुमध्ये ४०५ जना रेड जोनमा परेका हुन् ।

कुल संक्रमित :  ३५७

मृत्यु : २ जना

स्वास्थ्योपचार पछि निको भएका : ३६ जना  

मन्त्रालयका प्रवक्रा विकास देवकोटाले प्रदेश नम्बर १ मा ४० जना, प्रदेश २ मा १३२ जना, वाग्मती प्रदेशमा १८ जना (मृतक १ सहित), गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा १५९ जना (मृतक १ सहित), सुदूरपश्चिम प्रदेशमा ५ जना गरी नेपालका कुल संक्रमित ३५७ रहेको जानकारी दिए । यो दर बढीरहेको छ ।

हाल नेपालका ७७ जिल्लामध्ये विभिन्न ३१ जिल्लामा कोरोना फैलिएको छ । नेपालका संक्रमितमध्ये २९८ जना पुरुष छन् भने, ५९ जना महिला छन् ।

कुन उमेरसमूहलाई बढी प्रभाव ?
यो संक्रमण नेपालमा २ महिने शिशुदेखी ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखी हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ । आज थपिएकाहरु पनि १८ वर्षदेखी ४६ वर्ष उमेर समूहका छन् । कुल संक्रमितमध्ये २९८ पुरुष र ५९ जना महिला रहेका छन् ।

एकैदिन ६२ जना संक्रमित थपिए

नेपालमा आज एकैदिन ६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रिफिङमा दिएको जानकारी अनुसार आज सोमबार बिहान ९ जना र दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमित संख्या ३ सय ५७ पुगेको छ ।

सोमवार बिहान रौतहट इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । भने बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

त्यस्तै सोमवार दिउँसो थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले दिएको विवरण अनुसार बाँकेका ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुको भेरी अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो ।

फेरी थप ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

त्यस्तै सोमवार दिउसो विराटनगरका १ पुरुष (मोरङको प्रयोगशालामा परीक्षण), गुल्मीका ४१ वर्षीय १ पुरुष (भैरहवाको प्रयोगशालामा परीक्षण) मा कोरोना संक्रमण देखिएको हो । भने धनुषाका १, रौतहटका १, दाङका १ र धादिङका १ गरी ६ जना पुरुषमा काभ्रेको धुलिखेल अस्पतालमा गरीएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा पहिलो ‘केस’ गत वर्षको माघ ९ मा पुष्टि भएको थियो ।

त्यस यता सुस्त गतिमा थपिएका संक्रमित जेठ महिनामा आईपुग्दा तिव्र दरमा थपिइरहेका छन् । २ जनाको मृत्यु भइसकेको छ । सिन्धुपाल्चोककी एक जना सुत्केरी महिला र बाँके नरैनापुरका एक पुरुषको मृत्यु भएको हो ।

कति भयो परीक्षण ? 

नेपालमा पिसीआर विधीबाट हालसम्म ३० हजार ७ सय २३ जनाको परीक्षण गरिएको छ । आरडीटि विधीबाट ६९ हजार ५ सय ६० वटा परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट २ हजार ५ सय ५८ जनामा कोरोना जाँच गरीएको छ ।

यस्तै गत २४ घण्टामा मात्रै आरडीटि विधीबाट टेष्ट गर्दा १ हजार ७ सय ९१ जनामा संक्रमण छ /छैन भनेर जाँच गरिएको छ ।

प्रदेश १ मा ९ हजार २ सय १७, प्रदेश २ मा ६ हजार २२, वाग्मती प्रदेशमा ११ हजार ९ सय २३ गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२ जना, प्रदेश ५ मा ९ हजार १ सय ३२ जना, कर्णाली प्रदेशमा ७ हजार ५ सय ८० जना र सुदुरपश्चिम प्रदेशमा १८ हजार ७ सय ५४ जनामा कोरोना जाँच गरिएको छ ।

२० हजार ९० जना क्वारेन्टाईनमा

हाल २० हजार ९० जना क्वारेन्टाईनमा छन् । तिमध्ये प्रदेश १ मा १ हजार १ सय ८० जना, प्रदेश २ मा ३ हजार ८० जना, वाग्मती प्रदेशमा २ सय ८५ जना, गण्डकी प्रदेशमा ३९३ जना, प्रदेश ५ मा १२ हजार ८ सय १५ जना, कर्णाली प्रदेशमा १ हजार ६ सय ३० जना क्वारेन्टाईनमा बसेका छन् ।

धनुषा, रौतहट, दाङ र धादिङका ४ पुरुषमा कोरोना संक्रमण 

काभ्रेको धुलिखेलस्थित प्रयोगशालमा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र धादिङका ४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा यो समाचार तयार पार्दासम्म जम्मा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ भने २ जनाको मृत्यु भईसकेको छ र ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

गुल्मीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि

गुल्मीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार गुल्मीका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भैरहवाको प्रयोगशालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

धादिङका थप एक जनामा कोरोना संक्रमण पुष्टि

धादिङका थप एक पुरुषमा कोरोना संक्रमण भएको छ । आज स्वास्थ्य मन्त्रालयले गरेको मिडिया ब्रिफिङ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार धादिङका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि काठमाडौं सतुंगल बस्ने धादिङ गल्छी गाउँपालिकाको महिलामा कोरोना पुष्टि भएको थियो । उनी अस्पतालमा उपचाररत छिन् ।

नेपालका ३१ जिल्लामा फैलियो कोरोना

नेपालका ३१ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप १ नयाँ जिल्ला (गुल्मी) मा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालका ७७ मध्ये ३१ जिल्लमा कोरोना संक्रमण फैलिएको हो ।

सोमवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ। आज बाँकेमा ४६ पुरुष र एक महिला गरि जम्मा ४७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ।

त्यस्तै गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १र१ जना गरी ६ जनामा पनि सोमवार नै कोरोना संक्रमण पुष्टि भएको हो ।तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ भने पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, वाग्लुङ र गुल्मीमा कोरोना भाइरसका संक्रमित भेटिएका छन्।

कुन प्रदेशमा कति संक्रमित छन् ? 

प्रदेश १ मा : ४० जना

प्रदेश २ मा  : १३२ जना

वाग्मती प्रदेशमा  : १८ जना (मृतक १ समेत )

गण्डकी प्रदेशमा : ३ जना

प्रदेश ५ मा : १५९ जना

सुदूरपश्चिम प्रदेशमा  : ५ जना

विश्वमा के छ महामारीको पछिल्लो २४ घण्टाको अवस्था ? 
विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख १७ हजार ७६५ जनाको मृत्यु भईसकेको छ भने ४८ लाख ४७ हजार ६८६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १८ लाख ७९ हजार ७७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ३८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ९१ हजार ९२ जनाको मृत्यु भईसकेको छ भने १५ लाख ३२ हजार ८६१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ लाख ४७ हजार २२५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५ हजार १९७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ११४ जनाको मृत्यु भएको छ ।

त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार ६५० जनाको मृत्यु भईसकेको छ भने २ लाख ७७ हजार ७१९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९५ हजार ९४५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १५२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३४ हजार ६३६ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४३ हजार ६९५ जनालाई संक्रमण भएको छ । त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७२२ जनाको मृत्यु भएको छ भने २ लाख ९० हजार ६७८ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ७० हजार २०९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आज मात्रै त्यहाँ ९१ जनाको मृत्यु भएको छ भने ८ हजार ९२६ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३१ हजार ९०८ जनाको मृत्यु भईसकेको छ भने २ लाख २५ हजार ४३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख २५ हजार १७६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७६२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २८ हजार १०८ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ३६९जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६१ हजार २१३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ६२ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ९३३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ५४ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार १६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १३ जनाको मृत्यु भएको छ भने २८२ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्राजिलमा आज मात्रै ८३ जनाको मृत्यु भईसकेको छ भने २ हजार ९७२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १६ हजार २०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ४४ हजार ५२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९४ हजार १२२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार १४० जनाको मृत्यु भईसकेको छ भने १ लाख ४९ हजार ४३५ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १ लाख ९ हजार ९६२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९१४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ५७ जनाको मृत्यु भईसकेको छ भने १ लाख २२ हजार ४९२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ९५ हजार ६६१ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार २९४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ६९ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै चीनमा आज ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९५४ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३४ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ७८ हजार २३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४१ जनाको मृत्यु भईसकेको छ भने ९७ हजार ५७७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै १ हजार ८७९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै भारतमा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ३६ हजार ८२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार ७८२ जनाको मृत्यु भईसकेको छ भने ७७ हजार २ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३८ हजार ५५० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ६४८ जनाको मृत्यु भईसकेको छ भने ९२ हजार २७३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २८ हजार ६२१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८५० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ९ हजार ८० जनाको मृत्यु भईसकेको छ भने ५५ हजार ५५९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १४ हजार ६५७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै २८ जनाको मृत्यु भएको छ भने २७९ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ६९४ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार १४१ जनालाई संक्रमण भएको छ । त्यहाँ ३२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । आज मात्रै त्यहाँ १४ जनाको मृत्यु भईसकेको छ भने आजै १४६ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै मेक्सिकोमा आज मात्रै २ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १३२ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै त्यहाँ ४९ हजार २१९ जनालाई संक्रमण भएको छ भने ५ हजार १७७ जनाको मृत्यु भईसकेको छ ।

त्यहाँ ३३ हजार ३२९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८८६ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ५९७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ २७ हजार ५०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १० हजार जना नयाँ संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ७३६ जनाको मृत्यु भईसकेको छ भने ३३ हजार १८२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार २३१ जनाको मृत्यु भईसकेको छ भने २९ हजार २०९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ६ हजार ४३० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १३ जनाको मृत्यु भएको छ भने १७३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ६९८ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ३७७ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २८७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १९ जनाको मृत्यु भईसकेको छ भने २३४ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ५४३ जनाको मृत्यु भएको छ भने २४ हजार ११२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १९ हजार ४७० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा बितेको २४ घण्टामा मात्रै यो समाचार तयार पार्दासम्म १ हजार २४५ जनाको मृत्यु भईसकेको छ भने ४८ हजार ४२० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या ३५७ पुगेको छ भने ३६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

अमेरिकी कम्पनीले बनायो कोरोनाविरुद्धको औषधि, शतप्रतिशत सक्षम हुने दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?