काठमाडौं मन्त्रीपरिषद्को बैठक सकिएको छ ।
प्राप्त जानकारी अनुसार बैठकले लिम्पियाधुरा सहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ ।
यसअघि सरकारको नीति तथा कार्यक्रमको प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरासहितको नक्सा जारी गर्ने बताएकी थिइन् ।
नेपाल र भारतबीचमा लिपुलेक, लिक्पियाधुरा र कालापानीको भूभागको विषयमा मत भिन्नता छ ।
प्रधानमन्त्री केपी शर्मा ओली सोमवार साँझ कोरोना महामारीको विषयमा थप छलफल गर्न अपर्झट बैठक बोलाएका थिए ।
आजको बैठकमा कोरोना संक्रमणको अवस्था, बढ्दो संक्रमित संख्या, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने, सीमामा अलपत्र नागरिक लगायतका विषयमा छलफल हुने बताइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया