काठमाडौं । नेपालमा सोमवार थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण देखिनेमा बाँकेका ४६ जना पुरुष तथा १ महिला रहेका छन् । सोमवार मात्रै विराटनगरका १ पुरुष, गुल्मीका ४१ वर्षीय पुरुष, धनुषा र रौतहटका १/१ पुरुष तथा दाङका १ पुरुष र धादिङ १ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज देखिएका कोरोना संक्रमितहरु १८ वर्ष देखि ४६ वर्ष समुहका रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमित ३ सय ५७ जना रहेका छन् । जसमध्ये २ सय ९८ पुरुष र ५९ जना महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया