काठमाडौं । नेपाली सेनाले सैनिक व्यक्तिहरुको हिँडडूलमाथि निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्धेश्यका साथ उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाँच सञ्चालन गरेको छ ।
जसअनुसार सेनाले आइतबार सैनिक पोसाक दुरुपयोग गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दोलखा घर भइ हाल बाँसबारी क्षेत्रमा होटल व्यवसाय गर्ने शुशिल खड्का रहेका छन् ।
‘उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसंगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको थियो ।
सोहि चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक व्यक्ति शुशिल खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाका तर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफु गैर सैनिक व्यक्ति भएको बताएको र अनुसन्धानको सिलसिलामा निज व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहंदा २०६८ सालमा भगौडा परेको भनि खुल्न आएकोले निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको छ’, सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया