काठमाडौं । नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा विराटनगरमा दुई जना र धनकुटाका एक जना रहेको छ ।
विराटनगरका २९ वर्षीया महिला र ३६ वर्षका पुरुष तथा धनकुटाकी ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
धनकुटाकी संक्रमित महिला स्वास्थ्यकर्मी रहेको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले पुष्टि गरे । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । मध्ये १७ जना उपचारपछि निको भएका छन्
उनीहरुसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । २ जनाको कोरोनाको कारण ज्यान गएको र ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचताररत सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया