काठमाडौं जिल्ला प्रशासनले जारी गर्यो नयाँ सूचना, सवारी पासको विषयमा यस्तो छ नियम

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाको महामारीलाई मध्यनजर गर्दै थप नयाँ नियम जारी गरेको छ ।

प्रशासनको कार्यालयबाट वि.स.२०७७ को वैशाख २८ र जेठ २ गते प्रकाशित सूचनाहरुमा केहि विषय सम्बोधन हुन छुटेको भन्दै प्रशासनले नयाँ सूचना जारी गरेको हो ।

प्रशासनले केहि कुराहरुमा नागरिकहरुले द्विविधा उत्पन्न भएको बताएपछि बन्दाबन्दी थप प्रभावकारी बनाउन भन्दै एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामाग्री बोक्ने सवारी साधन, सबै प्रकारका औद्योगिक तथा कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, खानेपानी ढुवानीमा संलग्न सवारी तथा ट्याङ्कर, सबै प्रकारका खाद्य वस्तु, कृषि कार्यसँग सम्बन्धित सामग्री, पशुपंक्षीजन्य आहारा, माछामासु, फलफूल, दूध तथा दूधजन्य पदार्थ र निर्माण सामाग्रीहरु बोकेका सवारी साधनहरु बिना पास परिवहन हुन सक्नेछन् । साथै ति बाहेक अन्य सवारी साधन तथापैदल यात्रीहरुलाई काठमाडौं प्रवेश निषेध गरिएको प्रशासनले जनाएको छ ।

काठमाडौंका भित्री गल्ली तथा मुल सडकमा बिना कारण निस्किएको पाइएपछि प्रशासनले त्यसो नगर्न अपील गरेको छ ।

यदि अटेर गरेमा प्रहरीले प्रचलित कानून बमोजिम नियन्त्रण लिन सक्ने प्रशासनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले आ आफ्नो नियामक निकायमा सम्पर्क राख्न पनि अनुरोध गरेको छ ।

साथै प्रशासनले विभिन्न मितिमा जारी गरिएका पहेँलो र ई पास खारेज भएको जनाएको छ ।

साथै अब नयाँ जारी हुने सवारी पास निलो रङको हुने पनि प्रशासनको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै प्रशासनले गह्रौँ सामाग्री बोकेका सवारी पासहरु बेलुका ८ बजेदेखि विहान ६ बजेसम्म चल्न पाउनेछन् ।

‘डाटा लीक’ भएपछि नयाँ खुलासा !, चीनमा ८४ हजार नभएर ६.४ लाख कोरोना संक्रमित

कोरोनाको नयाँ लक्षण देखिए पछि ‘डब्ल्युएचओ’ले दियो चेतावनी, के हो नयाँ लक्षण ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?