सुनकोशी पौडी खेल्ने क्रममा २ जना बेपत्ता

काठमाडौं । सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बगाएर दुई जना पुरुष वेपत्ता भएको छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.४ कुईभिर स्थित सुनकोशी नदिमा पौडी खेल्नेक्रममा १९ वर्षीया दिनेश वुढा क्षेत्री र २० वर्षीय जनक वुढा क्षेत्री व्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बेपत्ताको खोजिका लागि प्रहरी चौकी खाङसाङबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव निरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

उनीहरु सुर्खेत पंचकोटी न.पा. घर भई हाल सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.४ खाङसाङ एरियामा काठको मिस्त्रि काम गर्ने व्यक्ति रहेको प्रहरी नावय निरिक्षक खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?