शहरहरु माग्नेरहित भए : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बितेका दुई वर्षमा शहरहरु माग्नेरहित भएको बताएकी छिन् ।

आज शुक्रबार आर्थिक वर्ष २०७७ /७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले दुई वर्षमा उत्साहजनक उपलब्धी हासिल गरेको बताईन् ।

सरकारको लक्ष्य तथा कार्यक्रम स्पष्ट रहेको भन्दै उनले थपिन् संघ, प्रदेश र स्थानीय तह सक्रिय भएका छन् ।

यसैबीच बेरोजगारीको जोखिम हटाउनको लागि सरकारले युवाशक्तिलाई व्यवसायिक कृषि, स्थानीय पूर्वाधारको व्यापक प्रयोग गरी, उत्पादन बढाईने, उत्पादनमुलक उद्यममा लगाउने, प्राविधीक सिप र ज्ञान दिईने र श्रमको उच्च मूल्याकंन हुने वातावरण बनाउने गरी तयारी गरेको राष्ट्रपति भण्डारीले बताएकी छिन् ।

उनले सरकारले बेरोजगारी हटाउने किसीमको कार्यक्रम ल्याईने बताएकी छिन् ।नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?