काठमाडौं- शनिबारबाट लागू हुने गरी गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस ‘कोभिड- १९’ को परीक्षणको दायरा बढाएसँगै धमाधम कोरोना संक्रमति पुष्टि हुन थालेपछि गृह मन्त्रालयले अब सबै प्रकारका पासमा कडाई गर्ने भएको हो ।
गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको थियो ।
यसअघि एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज भएकोमा अब शनिबारबाट जिल्लाभित्रैका पास पनि खारेज हुनेछ ।
अर्थात् यो वा त्यो बहानामा अब जिल्लाभित्रै पनि घुमफिर गर्न पाईने छैन । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको हो ।
संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको हो । यसअघि जिल्लामा बसोबास गरिरहेका मानिसहरुपनि समूह बनाएर घुमफिर गर्ने, एक ठाउँबाट अर्को ठाउँमा जाने गरिरहेका छन् । तर अब त्यो पूर्ण रुपमा निषेध गरिसकिएको छ ।
पछिल्लो केहि दिनयता नेपालामा दैनिकजसो १० देखि २० को हाराहारीमा संक्रमित थपिएका छन् ।
परीक्षणको दायरा बढाउँदा धेरैमा संक्रमण पुष्टि हुन थालेको अवस्था र कोरोनाको यो विषम परिस्थितीको अनुमान गर्दै सरकारले लकडाउन नीति लम्ब्याउने, यसअघि खुकुलो बनाइएको भएतापनि अब कडाई गर्ने, कोरोनाको रोकथाम र परीक्षणको प्रभावकारी रुपमा दायरा बढाउने लगायत विषयमा छलफल गर्न यतिबेला मन्त्रिपरिषद् बैठक बस्दैछ भने, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितीको बैठक बसिरहेको छ ।
हालसम्म नेपालमा २ सय ५८ जना संक्रमित भएका छन् भने विश्वभर यस भाइरसको संक्रमणबाट ३ लाख भन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया