नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवासमा जारी

प्रधानमन्त्री जिवास बालुवाटारमा नेकपा सचिवालय बैठक शुरु भएको छ।

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको हो ।

सरकारले संसदमा आज आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मन्त्रीपरिषद्ले नीति तथा कार्यक्रम पारित गर्नुअघि नै नेकपाका सचिवाल सदस्यहरूको समेत राय लिन लागिएको बुझिएको छ ।

दिउँसो ४ बजे संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।

यसअघि वैशाख ३१ गते नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न बोलाइएको स्थायी कमिटी वैठक कोरोना सन्त्रासको कारण स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?