भक्तपुरमा दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि जिल्लास्तरीय विपद् व्यवस्थापन समितिले बिहीबारदेखि लकडाउनलाई थप कडाइ गर्ने भएको छ ।
बुधबार बसेको समितिको बैठकले अत्यावश्यक कामबाहेक स्थानीयलाई घर बाहिर निस्किन नदिने निर्णय गरेको हो ।
जिल्लामा कोभिड–१९ संक्रमणको उच्च जोखिम तथा समुदायमा विस्तारको खतरा देखिएकाले नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्किन र आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन् । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया