काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २४५ पुगेको छ ।
स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरुष तथा कपिलवस्तुकी ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको अहिले स्वास्थ्यअवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया