कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । ड्युटीमा नेपाल प्रहरीका सई, सशस्त्र प्रहरीका सई र राष्ट्रिय अनुन्धान विभागका असईमा कोरोना संक्रमण पुष्टि कपिलवस्तुका प्रमुख अधिकारी दीर्घ नारायण पौडेलले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार कपिलबस्तुमा थप ८ जनामा कोरोना पुष्टि भएको उल्लेख थियो । जसमा २२, २९, ३२, ४०,४०, ४०, ४२, ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

योसँगै कपिलबस्तुमा कोरोना संक्रमतिको संख्या ३० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?