काठमाडौं । बुधवार पश्चिम नवलपरासीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित ३६ वर्षीय पुरुष अवैध बाटो हुँदै नेपाल आएको खुलेको छ ।
पश्चिम नवलपरासीका प्रतापपुर गाउँपालिका वडा ५ श्रीरामपुरका स्थायी बासिन्दा हुन् ।
भारत बस्दै आएका उनी गत बैशाख २८ गते भारतबाट नेपाल प्रवेश गरेका थिए । उनी सहजै नेपाल प्रवेश नपाएपछि अवैधबाटो हुँदै नेपाल प्रवेश गरेको खुल्न आएको छ ।
उनी नेपाल प्रवेश गरेपनि घर पुग्न पाएका थिएनन् । उनलाई घर पुग्न नपाउँदै स्थानीयहरुले बैदौली पुलबाट नियन्त्रणमा लिइ गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाइन पठाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयले २९ गते उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण देखिएको हो ।
पहिलो पटक जिल्लामा कोरोना संक्रमण देखिएसँगै आम मानिसमा त्रास फैलिएको छ । आज मात्रै नेपालमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ । भने ३५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै उपचाररत सबैको अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया