भेटिए वीरगञ्जबाट भागेका १ कोरोना संक्रमित, अर्काेको खोजी कार्य जारी

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालबाट बुधवार फरार भएका दुई जना कोरोना संक्रमितमध्ये एकजना अस्पतालको सम्पर्कमा आएका छन् ।

त्यस्तै उनीसँगै भागेका अर्का संक्रमितको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अस्पतालका अनुसार भेटिएका एक संक्रमित सम्पर्कमा आएकालाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?