काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस ‘कोभिड – १९’ बारे अपडेट दिँदै हालसम्म नेपालमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
आज (बुधबार) नियमित मिडिया ब्रिफिङमा बोल्दै डाक्टर विकास देवकोटाले यसअघि आज (बुधबार) बाँके र कपिलवस्तुका २ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको कविलवस्तु नगरपालिका- ५ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै बाँके जिल्लाको नेपालगञ्ज निवासी ३६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । धुलिखेल अस्पतालमा गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो । उनी स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको साथै अवस्था सामान्य रहेको डाक्टर देवकोटाले जानकारी दिए ।
नेपालमा हालसम्मका संक्रमतिमध्ये ७६ जना पुरुष र ४३ जना महिला रहेका छन् ।
यसैबीच मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश नम्बर १ मा ३५ जना संक्रमित रहेको जनाएको छ । ति संक्रमित झापा, भोजपुर र उदयपुरका हुन् ।
यस्तै प्रदेश २ मा ९६ जना संक्रमित छन् । ति सप्तरी, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्साका छन् ।
यस्तै वाग्मती प्रदेशमा ९ जना संक्रमित छन् उनीहरु काठमाडौं, भक्तपुर, धादिङ, चितवनका छन् ।
यस्तै गण्डकी प्रदेशका २ जना रहेका छन् । उनीहरु दुवैजना बाग्लुङका हुन् ।
प्रदेश ५ मा ७२ जना संक्रमित छन् । उनीहरु कपिलवस्तु, रुपन्देही बाँके र बर्दियाका छन् ।
कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म २ जिल्लामा कोरोना संक्रमण देखिएको छ । कैलाली र कञ्चनपुरका ५ जनालाई संक्रमण पुष्टि भएको छ।
उनका अनुसार संक्रमणपछि निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ । पछिल्लोपटक वुटवलमा उपचाररत २४ वर्षिय पुरुष ११ औँ दिनमा निको भएर डिस्चार्ज भएका छन् । यस्तै चितवनमा उपचाररत महिला २६ औँ दिनमा निको भएर घर फर्केपछि हालसम्म कोरोनालाई जित्नेको संख्या ३५ पुगेको हो ।
यस्तै हालसम्म पिसीआर विधीबाट २१ हजार ३ सय ४० जनामा परिक्षण गरिएको छ ।
आरडिटी विधीबाट ६० हजार ३ सय १९ जनामा परीक्षण गरीएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामामात्रै २ हजार ३ सय ५७ जनामा पिसीआर विधीबाट जाँच गरिएको छ ।
आरडिटी विधीबाट गत २४ घण्टामा ६ सय ९२ वटा जाँच गरिएको छ । यसरी२४ घण्टामा मात्रै दुवै विधीमार्फत् कुल ३ हजार ४९ जनामा परीक्षण गरिएको छ ।
प्रदेश १ मा हालसम्म ८ हजार ३ सय २० जनामा परीक्षण गरीएको छ । प्रदेश २ मा ५ हजार ९ सय ३७ जना, वाग्मती प्रदेशमा ९ हजार ३सय ६३ जना, गण्डकी प्रदेशमा ६ हजार ५ सय २६ जना, प्रदेश ५ मा ७ हजार २ सय २९ कर्णाली प्रदेशमा ७ हजार २ सय २९ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ जनामा कोरोना जाँच गरिएको छ ।
डाक्टर देवकोटाका अनुसार आज १४ हजार ३ सय १३ जना क्वारेन्टाईनमा छन् । प्रदेश १ मा ९ सय ५९ जना, प्रदेश २ मा १ हजार ५ सय ७४ जना, वाग्मती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा २ सय ७९ जना, प्रदेश ५ मा ६ हजार ९ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना, सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना क्वारेन्टाईनमा बसेका छन् ।
यस्तै संभावित, पुष्टि भएका र शंकास्पद बिरामीको संख्या २ सय ४५ रहेको छ । तिमध्ये ६ जना काठमाडौंमा र २ सय ३९ जना काठमाडौं बाहिरका विभिन्न जिल्लामा रहेका छन् । उनीहरु चिकित्सकको निगरानीमा आईसोलेसनमा रहेका छन् ।
यसरी आईसोलेसनमा बस्नेहरुमध्ये प्रदेश १ का २१ जना, प्रदेश २ का ९८ जना, वाग्मती प्रदेशका २५ जना र प्रदेश ५ का १०१ जना रहेका छन् ।
यस्तै प्रवक्ता देवकोटा भन्छन् ११३३ र १११५ मा गत २४ घण्टामा १३३३ वटा कल आएकोमा स्वास्थ्यकर्मीले ति सबैको जवाफ दिएका छन् ।
यस्तै मन्त्रालयको मोबाईल एप्लिकेसन हामो स्वास्थ्यमा र वेवसाईटमा हालसम्म ३५ हजार ७ सय २३ जनाले विवरणभरेकोमा हालसम्म ३५४ जना रेड जोनमा परेका छन् । गत २४ घण्टामा मात्रै ७ सय ९२ जनाले यस्तो विवरण भरेकोमा ९ जना रेड जोनमा परेकाछन् ।
डाक्टर देवकोटाले थपे, “मन्त्रालयको कोभिड १९ क्राईसिस म्यानेजमेन्ट मा हालसम्म १ सय ५८ जना संभावित संक्रमित रहेको र तिनको ट्रेसिङ गर्ने रअरु जानकारी लिने काम भइरहेको छ ।”
कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा मन्त्रालयले सचेत हुन सबैसँग अनुरोध गरेको छ ।
कोरोना पछिल्लो अपडेट
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधवार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए ।
अघिल्लो दिन पनि ७४ हजार २२८ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३२० जनाको ज्यान गएको छ ।
प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २३ लाख ९९ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।
युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३२ हजार ६९२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।
संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ६३० जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ एक हजारको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८३ हजार ४२५ पुगेको छ ।
कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १७२, स्पेनमा १७६ र फ्रान्समा ३४८ जनाको ज्यान गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १२ हजार ४६१ जनाको मृत्यु भइसकेको छ । रासस
कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति
क्र.सं. महादेश कूल संक्रमित निको भएका कूल मृत्यु
विश्वभर ४३,४३,२५२ १६,०४,५६२ २,९२,९१४
१. युरोप १६,७६,२४३ ६,८७,२३२ १,५५,७८३
२. उत्तर अमेरिका १५,४६,७३६ ३,६९,४३८ ९३,५५४
३. एसिया ७,०३,६०९ ३,९४,९१९ २२,८६५
४. दक्षिण अमेरिका ३,३६,३७८ १,१९,७३२ १८,१७१
५. अफ्रिका ७०,९८४ २४,८२० २,४०७
६. ओसेनिया (अस्ट्रेलिया ) ८,५८१ ७,७७० ११९
दक्षिण एसियाली मुलुकहरु
१. भारत ७४,४८० २४,४५३ २,४१५
२. पाकिस्तान ३४,३३६ ८,८१२ ७३७
३. बंगलादेश १६,६६० ३,१४७ २५०
४. अफगानिस्तान ४,९६३ ६१० १२७
५. श्रीलंका ८८९ ३६६ ९
६. माल्दिभ्स ९०४ २९ ३
७. नेपाल २१९ ३३ –
८. भुटान ११ ५ –
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित
नेपालमा थप एक जनामा कोरोना पुष्टि, धुलिखेलमा गरिएको थियो जाँच
संक्रमित भेटिएपछि ललितपुरको निदान र आरोग्य अस्पताल ‘सील’
जनकपुरका पत्रकारमा पनि देखियो कोरोना
कोरोना संक्रमित भेटिएपछि भक्तपुरमा त्रास, थालियो कन्ट्याक ट्रेसिङ
प्रधानमन्त्री रिसाएपछि नाका निरिक्षणका लागि गृहको टोली नागढुङ्गामा
सवारी पासको विषयमा काठमाडौं जिल्ला प्रशासनले निकाल्यो यस्तो सूचना
कोरोनाको प्रकोप : यस्तो छ विश्वमा महामारीको ताजा अवस्था
नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना
बारामा अनिश्चितकालिन ‘कर्फ्यू’ जारी, सबै पास खारेज !
बढेको बढ्यै कोरोना संक्रमित, सबै सवारी पास रद्ध !
गृहमन्त्रालयको ‘बोल्ड’ निर्णय : अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?
धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी
स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना
कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट
जनकपुरका पत्रकारमा पनि देखियो कोरोना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया