भारतसँगै चीनबिरुद्ध पनि हुन थाल्यो प्रदर्शन

काठमाडौं । भारतले नेपालको भुमि कब्जा गरेको र चीनले सगरमाथामा गिद्दे नजर लगाएको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेबि संघ जिल्ला कार्यसमिति बाराले आपत्ति जनाएको छ।

नेबि संघले गो ब्याक चाइना र गो ब्याक इन्डिया को नारा लागउँदै विरोध प्रदर्शन गरेको छ। नेविसंघका पूर्व सहमहामन्त्री राजेश रोनियारको नेतृत्वमा भएको प्रदर्शनमा सहभागी कार्यकर्ताहरले ब्यानरसहित चीन र भारतको चर्को आलोचना गरे ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिपछि नेवि संघले गो ब्याक चाइना को नारा लगाएको थियो भने भारतले दार्चुला जिल्लाको लिपुलेकमा अतिक्रमण गरी गरेको सडक निर्माणको समेत विरोध गरिएको छ ।

तस्वीर : सामाजिक संजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?