काठमाडौं । नेपाल विद्यार्थी संघ(नेविसंघ)ले मिचिएको भूभागको विरोध एवम् काठमाडौंको माइतीघरमा आन्दोलनरत विद्यार्थी साथीको रिहाईको माग गर्दै थलीमा राले जुलुस निकालेको छ ।
जुलुसको क्रममा विद्यार्थी नेता मनिस सिम्खडासहित कान्तिपुर क्याम्पसको स्वबियु सभापति पावल बज्राचार्य , सहिद आदर्श क्याम्पसका स्वबियु सभापति निराजन नेपाल , कागेस्वरी मनोहरा नगरपालिकाका नगर सदस्य सुर्य केसि , ५ न इकाइ सचिव दिपन्कर बज्राचार्य , विद्यार्थी नेता उज्वल बस्ताकोटीसहित अन्यलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै भारतले नेपाली भूमीमा गरेको अतिक्रमणका विरुद्धमा सोमवार दिउसो माइतीघरमा नेविसंघका अध्यक्षसहित १५० जना नेता कार्यकर्ता पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया