कोरोना अपडेट : विश्वमा २ लाख ५८ हजार भन्दा धेरैको मृत्यु, संक्रमितको संख्या उच्च

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ५८ हजार ३४१ जनाको मृत्यु भएको छ भने ३७ लाख २७ हजार ८९३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १२ लाख ४२ हजार ४०७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४९ हजार २४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै कोरोना भाइरसको महामारीबाट अत्याधिक प्रभावित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ७२ हजार २७१ जनाको मृत्यु भएको छ भने १२ लाख ३७ हजार ६३३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्पेनमा २५ हजार ६१३ जनाको मृत्यु भएको छ भने २ लाख ५० हजार ५६१ जनालाई संक्रमण भएको छ । त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार १३ जनालाई संक्रमण भएको ५ ।

त्यस्तै बेलायतमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २९ हजार ४२७ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ९९० जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २५ हजार ५३१ जनाको मृत्यु भएको छ भने १ लाख ७० हजार ५५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण ६ हजार ९९३ जनाको मृत्यु भएको छ भने १ लाख ६७ हजार ७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ४५१ जनाको मृत्यु भएको छ भने १ लाख ५५ हजार ३७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ५२० जनाको मृत्यु भएको छ भने १ लाख २९ हजार ४९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ९५८ जनाको मृत्यु भएको छ भने १ लाख १५ हजार ९५३ जनालाई संक्रमण भएको छ ।

आज मात्रै त्यहाँ १ हजार २३८ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ ३७ जनाको मृत्यु भएको छ । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ३४० जनाको मृत्यु भईसकेको छ भने ९९ हजार ९७० जनालाई संक्रमण भएको छ ।

त्यस्तै चीनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८८३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज पनि थप २ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै क्यानडामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ४ हजार ४३ जनाको मृत्यु भएको छ भने ६२ हजार ४६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ४४४ जनाको मृत्यु भईसकेको छ भने ५१ हजार १८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार १६जनाले ज्यान गुमाईसकेका छन् भने ५० हजार ५०९ जनालाई संक्रमण भएको छ । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ६९४ जनाको मृत्यु भएको छ भने ४९ हजार ४०० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १ जनाको मृत्यु भईसकेको छ ।

त्यस्तै नेदरल्याण्डसमा अहिलेसम्म ५ हजार १६८ जनाको मृत्यु भएको छ भने ४१ हजार ८७ जनालाई संक्रमण भएको छ । त्यस्तै इक्वेडरमा महामारीका कारण अहिलेसम्म १ हजार ५६९ जनाको मृत्यु भईसकेको छ भने ३१ हजार ८८१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्मा १ हजार ७९५ जनाको मृत्यु भएको छ भने ३० हजार ९ जनालाई संक्रमण भएको छ । त्यस्तै मेक्सिकोमा आज मात्रै २३६ जनाको मृत्यु भएको छ भने १ हजार १२० जना नयाँ संक्रमित थपिएको छ ।

त्यस्तै त्यहाँ अहिलेसम्म २ हजार ५०७ जनाको मृत्यु भएको छ भने २६ हजार २५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार ७४ जनाको मृत्यु भएको छ भने २५ हजार ७०२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विडेनमा २ हजार ८५४ जनाको मृत्यु भएको छ भने २३ हजार २१६ जनालाई संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?