नेपालमा थप २ जनामा कोरोना संक्रमण, ४७ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

जनकपुरका १४ वर्षीय एक किशोर तथा अर्की ५५ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, जनकपुरका १४ वर्षीया किशोरमा पनि संक्रमण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

पाटन अस्पतालको आइसोलेनमा उपचाररत दुई जना आज स्वास्थ्य लाभ गरी घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् ।

योसँगै नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।  त्यस्तै, नेपालमा कुल २७८ जना रेड जोनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?