आरडिटी पोजेटिभ देखिएका दुई जनाको स्वाब परीक्षण आयो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा -यापिड टेस्टमा पोजेटिभ देखिएका दुई जनामा स्वाब परीक्षणमा नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

नगरपालिकामा गरिएको -यापिड टेूटमा १८ वर्षका र ६० वर्षका दुई पुरुषमा देखिएपछि स्वाब परीक्षण गर्न मङ्गलबार धनगढी पठाइएको थियो । नमूना स्वाब परीक्षणपछि दुवै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाजुरा जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिएका छन् ।

-यापिड टेस्टमा १८ वर्षका युवकको दुईपटक जाँच गर्दा नेगेटिभ देखाएको भए पनि नमूना स्वाब परीक्षणका लागि पठाइएको हो भने ६० वर्षका पुरुषको -यापिड टेस्टमा भने दुईपटक जाँच गर्दा पोजेटिभ देखिएको थियो । -यापिड टेस्टमा नेगेटिभ र पोजेटिभ देखिएका दुवै पुरुषको स्वाब परीक्षणमा बुधवार नेगेटिभ आएको पन्तको भनाइ छ ।

-यापिड टेस्ट किट अभाव

-यापिड डायग्नोस्टिक टेस्ट शुरु भएसँगै किट अभाव भएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । यहाँ ११ सय -यापिड डायग्नोस्टिक टेस्ट सरकारले पठाएको थियो तर त्यो सबै सकिएकाले अहिले अभाव भएको जनस्वास्थ्य अधिकृत पन्तले जानकारी दिए । -यापिड डायग्नोस्टिक टेस्ट सकिन नपाउँदै जिल्लामा किटको अभाव देखिएको पन्तको भनाइ छ ।

उनका अनुसार जिल्लाका स्थानीय तहमा जिल्लाबाहिरका शहर र भारतबाट आएकाहरुको -यापिड टेस्ट गर्न नपाउँदै किट सकिएकाले परीक्षण कार्य बन्द भएको छ । किट अभाव भएपछि सुदूरपश्च्मि प्रदेश स्वास्थ्य निर्देशनालयलाई खबर गरिएको छ । निर्देशनालयका निर्देशक गुणराज अवस्थीले प्रदेशमा समेत किट नभएकाले केही दिनपछि चीनबाट आउने भएकाले पाँच दिनपछि बाजुरामा पठाउने प्रतिक्रिया दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सञ्चारकर्मीलाई सामग्री सहयोग

जिल्लामा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । महामारीको बेलामा ज्यानलाई जोखिममा राख्दै स्थानीयस्तरमै गएर समाचार सङ्कलन गर्दै समाजलाई सूचना दिने र सचेत गराउने ३० पत्रकारलाई स्वास्थ्य सामग्री बुधवार हस्तान्तरण गरिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए ।

नगरपालिकाले मार्तडीमा नै कार्य क्षेत्र बनाएर जिल्लादेखि केन्द्रीय सञ्चारमाध्यममा कार्यरत ३० सञ्चारकर्मीलाई प्रतिव्यक्ति एक स्यानिटाइजर, दुई साबुन र पाँच वटा मास्क हस्तान्तरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?