दुई दिनमा अमेरिकामा ३ हजार बढीको मृत्यु

काठमाडौं। दुई दिनको अवधिमा अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ३ हजार नाघेको छ । सोमबार कोरोनाबाट १५ सय ३५ जनाको मृत्यु भएकोमा सोमबार मंगलबार मध्यरातसम्म १५ सय ५४ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा मृतकको संख्या २५ हजार १९४ पुगेको छ भने ६ लाख बढी संक्रमित छन् ।

कोरोना संक्रमतिको संख्या मंगलबार मध्यरातसम्म विश्भवर दुई मिलयन (२० लाख) नजिक पुगेको छ।
वर्ल्डोमिटरका अनुसार संक्रमितको संख्या १९ लाख ८१ हजार ९१२ पुगेको हो । यस्तै मृतकको संख्या १ लाख २५ हजार ७५ पुगेको छ भने ४ लाख ६६ हजार निको भएर घर फर्किएका छन् । मंगलबार मात्रै विश्वभर ५८ हजार नयाँ संक्रमित भेटिएका छन् भने मृतकको संख्या पनि ५५ सयको हाराहारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?