यातायात क्षेत्रका साढे ३ लाख मजदुर बेरोजगार हुँदै !

कोरोनाका कारण अर्थतन्त्रमा पुगेको असरले यातायात क्षेत्रका साढे ३ लाख मजदुर बेरोजगार हुने अवस्थामा पुगेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अनुसार यातायात क्षेत्रमा १० लाखजना प्रत्यक्ष निर्भर छन् ।

त्यसमध्ये ६५ प्रतिशत (६ लाख ५० हजार) स्वरोगार छन् भने बाँकी ३५ प्रतिशत (३ लाख ५० हजार) मजदुर श्रमिकका रूपमा कार्यरत छन् ।
अहिले कोरोना संकटबाट साहुको बस, ट्रक, ट्याक्सी चलाएर गुजारा गर्ने ३ लाख ५० हजार चालक तथा सहचालक बेरोजगार बनेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

मजदुर उनीहरूमा आश्रित परिवारलाई सरकारले राहतको प्याकेज ल्याउनुपर्ने सिटौलाको माग छ ।

अर्कोतर्फ स्वरोजगार साढे ६ लाख पनि समस्यामा छन् । कर्जामा निकालेको सवारीको किस्ता तिर्न नसकेर समस्यामा परेका हुन् ।
सवारीसाधन भएकामध्ये ९० प्रतिशतले बैंकबाट कर्जामा सवारीसाधन निकालेका हुन्छन् । तर, अहिले सवारीसाधन ठप्प भएपछि बैंकको ब्याज तिर्न सक्ने अवस्थामा नभएको
व्यवसायीको भनाइ छ । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?