नेपालमा १४ पुगे कोरोना संक्रमित, १९ वर्षीयमा कोरोना पोजेटिभ

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरि रौतहटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमित १९ वर्षीय एक पुरुष हुन् । उनी रौतहट जिल्लाको क्वारेन्टाइनमा थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

सोमवार नै कैलालीको लम्की चुहा नगरपालिका–१ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।

हाल उनलाई अस्पताल लाने प्रक्रिया शुरु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?