पूर्वसभामुख महरालाई सरकारले दियो गाडी

संघीय संसद सचिवालयले पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ।
बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट पाएको स्कार्पियो गाडी चढ्दै आएका छन् । उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको जानकारी स्रोतले दिएको छ । कान्तिपुर दैनिकमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?