कोरोनाको भाइरस: मृत्यु हुनेको संख्या १ लाख १३ हजार नाघ्यो, कति छन् संक्रमित ?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण १ लाख १३ हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म १ लाख १३ हजार १३ जनाको मृत्यु भइसकेको छ । भने १८ लाख ३१ हजार १ सय ३० जना संक्रमित रहेका छन् । साथै ४ लाख २० हजार ८ सय ८३ जना उपचारपछि निको भएर घर फर्किएका छन्

कोरोनाको कारण संयुक्त राज्य अमेरिकामा मात्रै २१ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ । भने ५ लाख ४५ हजार ९ सय ३४ जना संक्रमित रहेका छन् ।

त्यस्तै स्पेनमा कोरोनको कारण ज्यान गुमाउनेको संख्या १६ हजार ९ सय ७२ जनाको ज्यान गइसकेको छ । भने १ लाख ६६ हजार १९ जना संक्रमित रहेको तथ्यांकले देखाएको छ ।

त्यस्तै यो समाचार तयार पार्दासम्म इटालीमा १९ हजार ८ सय ९९ जनाको ज्यान गएको छ । भने १ लाख ५६ हजार ३ सय ६३ जना कोरोना संक्रमणको शिकार भएका छन् ।

साथै फ्रान्समा १४ हजार ३ सय ९३ जनाको कोरोनाको कारण ज्यान गएको छ । भने १ लाख ३२ हजार ५ सय ९१ जना कोरोना संक्रमित रहेका छन् ।

भने उता युकेमा कोरोना भाइरसको कारण १० हजार ६ सय १२ जनाको ज्यान गएको छ । साथै ८४ हजार २ सय ७९ जना संक्रमणमा रहेका छन् ।

त्यस्तै नेपालमा हालसम्म १२ जनामा कोरोना संक्रमण देखिएको छ । भने १ जना उपचारपछि निको भइ घर फकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?