बैंक खाता र एटीएम पिन नम्बर सुरक्षित राख्न सुझाव

काठमाडौं । आफ्नो बैंक खाता, एटीएम पिन नम्बरलगायतका व्यक्तिगत विवरण कसैलाई नदिइ सुरक्षित किसिमले मात्रै बैंकिङ कारोबार गर्न बैंकहरुले अनुरोध गरेका छन् ।

लकडाउनका बेला घरैबाट विद्युतीय कारोबार गर्न ग्राहकलाई प्रोत्साहन गरिरहेका बैंकहरुले बैंकिङ सुरक्षामा पनि ध्यान दिन भनेका हुन् ।
बढ्दो विद्युतीय कारोबारसँगै जोखिम पनि बढेकाले सुरक्षित हुन ग्राहकलाई सचेत गराइएको बैंकर्स संघले जनाएको छ । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?