कोरोनाले बेलायतमा ३ गोर्खाको निधन

काठमाडौं । कोरोनाको संक्रमणबाट बेलायतमा तीन भूतपूर्व गोर्खाको निधन भएको छ । ५९ वर्षीय चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको आफन्तजनले बताएका छन् ।

त्यसैगरी ननिटन बस्दै आएका ५६ वर्षीय मेखबहादुर गुरुङ र नटिङहम बस्दै आएका ५८ वर्षीय शिव श्रेष्ठको बुधबार मृत्यु भएको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?