काठमाडौं । सरकारले सातै वटा प्रदेशमा ५/५ हजार र्यापिड टेष्ट किट पठाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा। विकास देवकोटाका सातै वटा प्रदेशमा ५र५ हजार र्यापिड टेष्ट किट पठाएको बताएका हुन् ।
त्यस्तै पत्रकार सम्मेलनमा बोल्दै उनले कैलाली र कञ्चनपुरबाट संकलन गरिएको एक सय ९८ जनाको नमुना मध्य ६६ वटा नमुना परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।
उनका अनुसार धनगढी उपमहानगरपालिका–५ मा स्थानीयमा पनि संक्रमण देखिएपछि क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया