वाम एकताविरुद्ध उभिएका किरातीलाई कारवाही गर्न माओवादीका १९ नेताको माग

काठमाडौं, २३ माघ । गत निर्वाचनमा एमालेसँग वाम तालमेल र पार्टी एकतामा जाने निर्णयको विपक्षमा उभिएका माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किरातीलाई कारबाही गर्न १९ जना नेताले माग गरेका छन् प्रदेश एकका इन्चार्ज रहेका किरातीलाई अनुशासनको कारबाहीको माग गर्दैै ती नेताहरुले आगामी २५ र २६ गते बोलाइएको प्रदेश सचिवालयको बैठक समेत किरातीको नेतृत्वमा नबस्ने घोषणा गरेका छन् उनीहरुले अध्यक्ष प्रचण्डलाई नै बैठकको अध्यक्षता गरिदिन आग्रह समेत गरेका छन् । उनले गत निर्वाचनमा पार्टीको निर्णयको उल्लंघन गरेको, जिम्मेवारी बहन नगरेको र वाम गठबन्धनका विरुद्ध क्रियाकलाप गरेकाले उनकै नेतृत्वमा बैठक बस्नु अनुचित हुने उनीहरुको तर्क रहेको छ पत्रमा लेखिएको छ, ‘निर्वाचनमा पार्टीको निर्णय उल्लंघन गर्ने, जिम्मेवार ठाउँमा रहेर जिम्मेवारी पूरा नगर्ने, गठबन्धनविरुद्ध जाने कुनै पनि पार्टी सदस्यमाथि अनुशासनको कारवाही हुन्छ र हुनुपर्दछ ।’किरातीलाई कारवाहीको माग गर्दै प्रचण्डललाई लेखिएको पत्रमा सचिवालय सदस्य टंक आङवोहाङको नाम एक नम्बरमा छ भने पोलिटव्यूरो सदस्यहरु श्रीप्रसाद जवेगु, हेमराज भण्डारी, पेसल खतिवडा, मुकसामहाङ मेन्याङवो, झलकसिंह दर्लामी, शेरबहादुर बस्नेत, धर्मशिला चापागाईं, हर्क नेम्वाङ, राजु आचार्य, गोपी अछामी, रामकुमारी चौधरी, बाबुराम गौतम, सुदन किराती, विरेन्द्र शर्मा, गणेश उप्रेती, डम्बर सुवेदी, दुर्गा चापागाईं र अरुण सुन्दासको नाम उल्लेख छ यसैबीच माघ १३ र १४ गते बसेको प्रदेश कार्यालयको बैठकले प्रदेश १ को माओवादी संसदीय दलको नेता र प्रमुख सचेतकमा तीन–तीन जनाको नाम सिफारिस गरेको छ बैठकले दलको नेतामा टंक आङवोहाङ, इन्द्र आङवो र राजकुमार राईलाई सिफारिस गरेको छ भने प्रमुख सचेतकमा मोहन कुमार खड्का, कुलप्रसाद साँवा र धिरेन्द्र शर्मालाई सिफारिस गरिएको छ उपसभामुखमा सिता थेवे, सरस्वती पोखरेल, सौभाग्यवती राई र उमीता बराइलीको नाम सिफारिस भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?