काठमाडौं – सरकारले कोरोना संक्रमणको नमुना परीक्षण गर्न ल्याइएका -यापिड टेस्ट–किटहरू स्वास्थ्य अनुसन्धान परिषद्बाट गुणस्तर अनुसन्धान गरेरमात्र वितरण गर्ने भएको छ। चीनबाट ल्याइएको ७५ हजार थान -यापिड किटका विषयमा प्रश्न उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गर्न लागेको हो।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले मन्त्रालयले यसअघि चीनमा महामारी फैलिरहेकै बेला प्रयोग भएका र चीनले गुणस्तरीय ठानेका १७ कम्पनीमध्ये दोस्रो नम्बरमा रहेको कम्पनीबाट उत्पादन भएको किट लिएको दाबी गरेका छन्। ठूलो महामारी फैलिएका अवस्थामा तत्काल परीक्षण गर्न सरकारले खरिद गरेका किटहरूअहिले वितरण नगरिएको जानकारी दिँदै उनले भने, ‘तिनलाई गुणस्तर परीक्षणका लागि स्वास्थ्य अनुसन्धान परिषद् पठाइएको छ।’
चीनमा गुणस्तर कायम भइसकेको किट ल्याएको दाबी गर्दै उनले थपे, ‘नेपालमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यसको वास्तविकताबारे अनुसन्धान गरिरहेको छ।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले -यापिड किटको परिणाम र संवेदनशीलता जाँच गरेपछि मात्र यो प्रयोगको लागि योग्य हुने श्रेष्ठले बताए।नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया