मूख्यमन्त्री राउतले चिकित्सकलाई भनेको भनाईप्रति संघको आपत्ती (विज्ञप्तीसहित)

काठमाडौं । नेपाल चिकित्सक संघले प्रदेश नम्बर २ का मुख्य मन्त्री मोहमद लालबाबु राउत एवं डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुेरश सुनारले डाक्टरप्रति बोलेका शब्दप्रति आपत्ती जनाउँदै विज्ञप्ती जारी गरेको छ ।

राउत तथा सुनारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई बैठक बसिरहेकै अवस्थामा चिकित्सकहरुको लाइसेन्स खारेज गर्ने तथा चिकित्सकलाई थुनामा राख्न दिइएको आदेशप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा समेत गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

साथै कोरोना भाइरसबाट संक्रमित विरामीहरुको उपचारका क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले लगाउनु पर्ने एन( ९५ मास्क जस्ता सुरक्षाका सामग्रीहरु नपाईरहेको अवस्थामा गैर स्वास्थ्यकर्मीहरुले यसको दुरुपयोग गरेकोमा समेत नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण समेत गराएको छ ।

सारा विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भई रहेको अवस्थामा नेपाललाई उपचारका लागि आवश्यक पर्ने अत्यावश्यक सामग्रीहरुको उपलब्धता बिना नै निरन्तर स्वास्थ्य सेवा प्रवाहमा खटिईरहेका चिकित्सकहरुको मनोबल उच्च पार्नुको सट्टा बैठक बसिरहेकै अवस्थामा चिकित्सकलाई थुन्ने, लाईसेन्स नै खारेज गर्न कुरा गर्छु भन्ने अभिव्यक्तिले नेपालको स्वास्थ्य सेवा प्रवाहमा चिकित्सकहरुले निर्वाह गरेको भूमिकाप्रति गम्भिर आँच आएको नेपाल चिकित्सक संघको ठहर छ ।

त्यस्तै आफ्नो ज्यान नै जोखिममा राखेर काम गरिरहेको व्यक्ति अवस्थामा उच्च मनोवल बनाउनुको सट्टा नकारात्मक अभिव्यक्तिका कारण स्वास्थ्यकर्मीको भुमिकाप्रति नै आँच आएको भन्दै संघले आपत्ती जनाएको हो ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/04/Press-Release-of-NMA-2076-12-19.pdf” title=”Press Release of NMA 2076-12-19″]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?