अधम भन्दै ओली सरकारमाथी खनिए बाबुराम : आफू पनि जान्दैन अरुले भनेको नि मान्दैन !

काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारलाई खबरदार भनेका छन् । कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जनचेतना फैलाउने उद्देश्यले आफ्नो ट्वीटर ह्यान्डल ‘नियमित हात धोऔँ’ राखेका डा भट्टराईले शनिबार राति ट्वीट गर्दै सरकारलाई खबरदारी गरेका छन् ।

उनले शनिबार राति ट्वीट गर्दै ‘उत्तम मान्छेले आफैँले जानेर गर्छ । मध्यमले अरुले भनेको मानेर गर्छ रे । अधमले आफू पनि जान्दैन, अरुले भनेको पनि मान्दैन ।’ दिनहुँ ज्याला मजदूरी नगरे साँझबिहान हातमुख जोर्न नसक्ने लाखौँ मान्छेलाई लकडाउनको बेला राहत दिनुप-यो भनेर यति चिच्याउँदा पनि यो अधम सरकार किन तयार नभएको हो ? खबरदार’ !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?