कोरोना कोषमा अख्तियारले सहयोग गर्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग गर्ने भएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागिआयोगका माननीय प्रमुख आयुक्त नवीनकुमार घिमिरे, माननीय आयुक्त डा. गणेशराज जोशी र माननीय आयुक्त डा. सावित्री थापा गुरुङबाट आफ्नो शुरु तलव स्केलको १५ दिनको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा दिने घोषणा गरेको हो ।

त्यस्तै आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरुको हकमा नेपाल सकार सचिब वैठकको मिति २०७६ चैत्र ११ को निर्णय बमोजिम दिनको तलव रकम उक्त कोषमा जम्मा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?